लण्डन । गैर आवासीय नेपाली संघ, बेलायत(एनआरएनए, यूके)को आसन्न निर्वाचनमा सकुन गुरुङले महिला उपाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गरेकी छिन् ।
एनआरएन यूके भित्र भएका आर्थिक हिनामिना विरुद्ध खरो रुपका प्रस्तुत हुदै आएकी वर्तमान कार्येसमितीका सह-कोषध्यक्ष सकुन गुरुङले महिला उपाध्यक्ष पदमा उम्मेद्वारी दिएकी हुन् ।
एक सफल महिला उद्यमी र समाज सेविको नामले परिचित सकुन विभिन्न सामाजिक संस्थामा आवद्ध रहेर निस्वार्थ समाजसेवा गर्दै आएकी छिन् ।
सक़ुन हंकंग , सिंगापुर , नेपाल लगायतका बिबिध स्थानका आकर्षक क्वालिटी समान बेलायत तथा नेपाल सम्म सप्लाई गर्ने अल्डरसट स्थित शकुन फेशन हाउसकी प्रबन्ध निर्देशक पनि हुन् |
गोर्खाली चेली र आर्थिक कारोबारमा पारदर्सी छवि मानिएकी सकुन गैर आवासीय नेपाली संघको कोषमा भएको गडबडी र बिमारीलाई तह लगाउने एक साहसी महिला हुन् । उनि हाल ग्लोवल गोर्खा समाजको सचिवको रुपमा नि कार्येरत छिन् ।
गोर्खाली परिवार , गुरुङ परिवार , महिला दिदीबहिनिहरुको माया , सबै जाति र दलहरुसंगको राम्रो सम्बन्ध र साथनै आफ्नो जित सुनिस्चितताको आधार रहेको सकुनको जिकिर छ ।