लन्डन — एनआरएनए युकेको सदस्य बन्न आवेदन दिने अन्तिम दिन, सोमबार (१४ जुन), सम्म ११,००० भन्दा बढी निवेदन परेको जानकारी प्राप्त भएको छ।
यस अघि १० जुन सम्म आवेदन दिने म्याद तोकिएकोमा त्यसलाई बढाएर १४ जुन सम्म पुराइएको थियो।
अब प्राप्त निवेदन हरु मध्ये भेरिफिकेशन कमिटिले छानबिन गरेर सदस्यता स्वीकृत गर्ने छ।
यसै बीच एनएनआरएनए युकेका उपाध्यक्ष तथा २०२१-२३ कार्यकालका लागि अध्यक्ष पदका उम्मेदबार प्रेम गाहा मगरले संस्थाको सदस्य बन्न आवेदन दिने सबैलाई धन्यवाद दिएका छन्।
“कोभिड १९ को महामारीका बीच पनि बेलायतवासी नेपालीहरुको साझा संस्था, एनआरएनए युके, को सदस्य बन्न तपाईहरुले देखाउनु भएको उत्साह प्रति म हार्दिक आभार व्यक्त गर्दछु,” उनले भनेका छन्।
“हिजो जस्तै आगामी दिनमा पनि एनआरएनए युकेलाई समावेशी, साझा संस्था बनाउने अभियानमा तपाईं सबैको साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास लिएको छु, ” उनले भनेका छन्।
एनआरएनए युकेमा नयाँ कार्य समिति चुन्न आउँदो ३१ जुलाई २०२१ मा चुनाव हुँदै छ।
उनको वक्तव्य जस्ताको तस्तै:
बेलायतवासी बाबा आमा, दाजु भाइ, दिदी बहिनीहरुमा मेरो सादर नमस्कार। सदस्यताका लागि आवेदन दिने अन्तिम दिन, सोमबार (१४ जुन) सम्म ११,००० भन्दा बढी निवेदन प्राप्त भै सकेको छ। कोभिड १९ को महामारीका बीच पनि बेलायतवासी नेपालीहरुको साझा संस्था एनआरएनए युकेको सदस्य बन्न तपाईहरुले देखाउनु भएको उत्साह प्रति म हार्दिक आभार व्यक्त गर्दछु। हिजो जस्तै आगामी दिनमा पनि एनआरएनए युकेलाई समावेशी, साझा संस्था बनाउने अभियानमा तपाईं सबैको साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास लिएको छु। धन्यवाद !
प्रेम गाहा मगर
एनआरएनए युके २०२१-२३ को लागि
अध्यक्ष पदको प्रत्यासी