२०८३, १ मंसिर सोमबार
×

‘राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रण लगाऔँ, राजनीति पछि गरौँला’

665 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउनुपर्ने बताउनुभएको छ ।

सोमबार नुवाकोटमा आयोजित कार्यक्रममा बोल्दै नेता केसीले सरकारले विकास र समृद्धिका ठूला कुरा नगरी नागरिककोृ जीवन रक्षाका लागि राज्यको सम्पूर्ण शक्ति र सम्पति लगाउनुपर्ने बताउनुभएको हो । राजनीति पछि पनि गर्न सकिने भन्दै उहाँले पहिले जीवन बचाउन सरकारको ध्यानाकर्षण गराउनु.भयो ।

उहाँले भन्नुभयो, ‘हामी सरकारलाई पनि भन्न चाहान्छौं, अहिले तिमी ठूला–ठूला विकास, समृद्धिका सपना, झुटको खेती नगर । भएभरको राष्ट्रिय शक्ति र सम्पत्तिको कोभिड महामारीबाट मुक्त बनाउनका लागि प्रयोग गर ।’

उहाँले थप्नुभयो, ‘पहिले नेपाली जनता बाँचुन्, पहिले नेपाली जनताको सुरक्षा गरौं । राजनीति भोलि गरौँला । राजनीति पछि गर्न सकिन्छ । अहिले जनताको स्वास्थ्य नै केन्द्रविन्दु हो भन्ने राष्ट्र, राजनीतिक दल र सरकार सबैले लिनुपर्छ ।’

प्रतिक्रिया