२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

फिनल्याण्डमा नेपाली चेली व्योमा ताम्राकार जनप्रतिनिधिमा विजयी

1969 Shares
Spread the love

काठमाडौं, जेठ ३१ । फिनल्याण्डको हेलसिन्की नगरपालिकाको चुनावमा नेपाली चेली व्योमा ताम्राकार डेपुटी काउन्सिलर पदमा विजयी हुनुभएको छ ।

सोमबार त्यहाँ सम्पन्न चुनावी प्रक्रियामा हेलसिन्की नगरपालिकावासीले मतदान गरेर ताम्राकारलाई विजयी बनाएका हुन् ।

उहाँ उक्त पदमा दोस्रो कार्याकालका लागि निर्वाचित हुनुभएको हो ।

६२६ मत प्राप्त गरेर विजय हुनु भएका उहाँ चार वर्षिय कार्यकालका लागि निर्वाचित हुने भएको हो ।

ईमेज च्यानल सँग कुरा गर्दै उहाँले आप्रवासीहरुको हक र हितका लागि नीति निर्माण तहमा काम गर्ने बताउनुभयो ।

काठमाडौंको बसन्तपुरकी ताम्राकार अध्ययनका क्रममा फिनल्याण्ड पुग्नुभएको हो ।

उहाँ वरिष्ठ समाचारवाचिका कृष्णा ताम्राकारकी माहिली छोरी हुनुहुन्छ ।

प्रतिक्रिया