२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

गैरआवासीय नेपाली संघ साईप्रसको नवौं अधिवेशन जुलाई १८ तारिख आइताबार हुँदै

1299 Shares
Spread the love

युरोप , साईप्रस : युरोपियन देश साईप्रसमा रहेको सारा नेपालीहरुको  साझा  सस्था गैरआवासीय नेपाली संघको नवौ राष्टिय अधिवेशन जुलाई १८  तारिख आईतवार हुने भएको छ । संघका पदाधिकारीहरुको आज निकोसियामा बसेको बैठकले सर्बसम्मतले निर्णय गरेको हो ।

संघका उपाध्यक्ष अन्तेश राउतको अध्यक्षतामा बसेको बैठकले यसपालिको एनआरएनए सदस्यता एमआईएस अनलाईन सिस्टमबाट गत मई २१ तारिख देखि नै खुलाईएको संघका प्रवक्ता दिनेश गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार मई २१ देखि जुन २१ को दिन अन्तिम हुने र थप सात दिन म्याद थपेर जुन २७ सम्म सदस्यता खुल्ला अन्तीम हुने ,जुन २८ देखि ३० सम्म नामावली प्रकासन , सच्चयाउने , जुलाई २ तारिख देखि १२ सम्म उम्मेदवारी दर्ता , जुलाई १३ देखि १५ सम्म दाबी विरोध , १६ तारिखको दिन उम्मेदवारहरुको नामावली प्रकासन र १८ तारिख अधिवेशन गर्ने आजको बैठकले निर्णय गरेको जानकारी दिनुभयो । साथै बैठकले  अगामी निर्वाचनका लागि सुरेश कुमार  साहलाई प्रमुख मा राख्ने  सर्बसम्मतबाट निर्णय गरेको हो ।

सारा नेपालीहरुको साझा सस्था एनआरएनएको साधारण सदस्य बन्नका लागि  गैरआवासीय नेपाली संघको केन्द्रिय विधान बमोजिम एमआईएस प्रणाली मार्फत फारम भर्न साईप्रसमा रहेका सबै नेपाली समुदायहरुलाई संघले अनुरोध गरिसकेको छ ।

 

प्रतिक्रिया