२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

साहित्यकार अहिल्या कुँवरद्वारा अत्यन्तै बिपन्न विद्यार्थीहरुलाई खाद्यान्न वितरण

989 Shares
Spread the love

काठमाडौँ । मुलुकमा बढेको कोभिड-१९ को दोश्रो लहरले चाँगु नारायण गाउँ-पालिका पनि अछुतो रहन सकेन । सबै भन्दा मार दैनिक रोजागरी गरेर खाने अत्यन्तै बिपन्न परिवारलाई परेको छ।

आयको कुनै श्रोत छैन, न दैनिक मजदूरीको बातावरण छ। यस्तो अवस्थामा घरमा स्थानीय परिवारका बिद्यार्थीहरु भोकभोकै रहेको अवस्थामा बारे जब अहिल्याले सुनिन्, उनको मन थामिएन । नदेखिएका धेरै आवश्यक ठाउँहरुमा दैनिक रोजगारी गुमेर रोग भन्दा भोकले ग्रस्त छन् उनीहरुका लागि अक्सिजन अभियान भन्दा खाद्य सामग्री पनि उतिकै टड्कारोरुपमा आवश्यक परेको महसुस गर्दै चाँगु नारायणस्थित श्री सरस्वती विनायक आधारभूत बिद्यालयमा अध्यनरत अत्यन्तै बिपन्न बिद्यार्थी-परिवारका खाद्य सामग्री सहयोगका लागि सहयोग जुटाउन अहिल्या दत्तचित भएर लागि परिन् ।

‘गो फण्ड मि’ पेजद्वारा ७१६ पाउण्ड रकम हप्तादिनमा नै संकलन गरेर नेपाल पठाएकी अहिल्याको पहलमा नेपालस्थित बिद्यालयकी प्रधानाध्यापिका गोमा कोईराला एबं स्थानीय युवाहरु बिक्रम थापा, बिशाल थापा, उपेन्द्र कुँवर, अरुण केसी, अमृत कुँवर तथा दिवस खड्काको संयोजन र सक्रियतासंगै अभियानलाई सफल बनाउनुका लागि श्री निलबाराही हेल्थ केयर प्रा.लि तथा तथा सोहन सुवालको पनि संयुक्त आयोजना रहेको छ ।

चाँगु नारायण वडा नम्बर १ का वडा अध्यक्ष श्री राजेश खड्का र सोहि गरि वडा नम्बर २ का वडा अध्यक्ष श्री शिवहरी केसीज्युको समुपस्थितिमा ६० घरका ओझेलमा परेका अत्यन्तै बिपन्न बर्गका बिद्यार्थीहरुलाई खाद्य-राहत वितरण गरेकी हुन् ।

राहत-संकन सहयोगका लागि सल्लाह एबं मार्गदर्शकका लागि उनले लक्ष्मी राई ‘लारा’ लाई धन्यबाद दिंदै, आफ्नो मुलुकका लागि केहि गर्नु सकेकोमा अत्यन्तै प्रसन्नता सहित अहिल्याले आफ्नो अभियानमा सघाउने देश-बिदेशका सम्पूर्ण दाताहरुलाई बिशेष धन्यबाद दिईन् ।

प्रतिक्रिया