२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

ब्रिटिश आर्मि र सिंगापुर पुलिसमा भर्ना फारम अनलाइनबाटै, उमेर मापदण्ड पनि फेरियो

52388 Shares
Spread the love

काठमाडौँ । ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा भर्नाको लागी अनलाइनबाटै फारम भर्न मिल्ने भएको छ ।

कोभिड १९ को महामारिको कारण नेपाल सरकारलाई साथ दिदै यस्तो व्यवस्था गर्न बाध्य भएको बृटिश आर्मि मुख्यालयको आधिकारिक वेबसाइटमा सुचना प्रकाशन गरिएको छ ।

उक्त सुचना www.army.mod.uk मार्फत हेर्न सकिनेछ । सुचनामा उल्लेख भए अनुसार यहि जुन २८ देखि जुलाई १६ सम्म नाम दर्ताको समय तोकिएको छ । यस्तै गरेर इन्टेक २०२२ को लागी १९ वर्षदेखि २१ वर्ष उमेर ननाघेका युवाहरुले मात्र नाम दर्ता गर्न पाउँनेछन ।

गत साल सम्मको मापदण्ड अनुसार साढे १७ वर्ष देखी २१ वर्ष उमेर सम्मका युवाहरुले ब्रिटिश आर्मि तथा सिंगापुर पुलिसमा भर्नाको लागी फारम भर्न पाउने थिए ।


ब्रिटिश आर्मी क्याम्पका डेपुटी रेक्रुटिङ अफिसर मेजर ज्याकमेलले बताए अनुसार यसपटक बिशेष परिस्थितिको कारण उमेर मापदण्ड परिवर्तन गरिएको हो । यसैगरि विगतमा रजिस्ट्रेशन र क्षेत्रीय छनोट पूर्वमा धरान र पश्चिममा पोखरामा हुने गरेको थियो भने यसपटक क्षेत्रीय र केन्द्रिय छनोट पोखरामा मात्र गरिने उनले बताए ।
आउँदो वर्ष ब्रिटिश आर्मि तर्फ २ सय ३० जना र सिंगापुर पुलिसतर्फ १ सय ४० जना छनोट हुने उनले जानकारी दिएका छन ।

प्रतिक्रिया