२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएनए अमेरिकाको अध्यक्षमा सुवेदी विजयी : अरु को-को निर्वाचित ?

718 Shares
Spread the love

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१–२०२३ कार्यकालको लागि चुनाव गत मे ३० सम्पन्न भै नतिजा समेत सार्वजनिक भै सकेको छ ।

गत मे २९, २०२१ को बिहान ८ः०० बजे अमेरिकी पूर्वीय समयमा सुरु भएको निर्वाचन मे ३०, २०२१ को राति ११ः५९ पूर्वीय समयमा समाप्त भएको थियो ।

गत मे २९ र मे ३० का दिन विधुतिय प्रणालीबाट मतदान हुँदा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी बुद्धिसागर सुवेदी आफ्ना तीन प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्ष पदमा विजयी हासिल गरेका छन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा कृष्ण जीबी पन्त बिजयी भएका छन् । पन्त कृष्ण लामिछाने समूहका हुन् भने उनि वर्तमान उपाध्यक्ष हुन् । पन्तले २०१९–२०२१ मा उपाध्यक्ष पदमा बिजयी हुँदा सर्वाधिक मत प्राप्त गरेका थिए ।

गत शनिवार र आइतवार भएको मतदानमा ७८ दशमलव ३२ प्रतिशत मतदान भएको थियो । मतदानका लागि कुल २०,१३९ मतदाता रहेकोमा १५,७६८ ले मतदान गरेका थिए । सुवेदीले ५ हजार ६ सय १८ मत ल्याई विजयी भएका छन् भने कृष्ण लामिछानेले ५ हजार २ सय ६८ मत ल्याई दोस्रो स्थान भएका छन् ।

यसैगरि तेस्रो स्थानमा डा.अर्जुन बञ्जाडे रहेका छन् भने उनले ४ हजार १ सय भोट ४८ मत ल्याएका छन् । यसै गरि ५६७ मत ल्याई तिलक केसी चौथो स्थानमा परेका छन् । एनआरएनए अमेरिकाको निर्वाचनमा १५ हजार ७ सय ६८ भोट खसेको छ भने कुल मत २० हजार १ सय ३८ रहेको थियो ।

निर्वाचन आयोगले दिएको आधिकारिक जानकारी अनुसार कूल २०,१३९ मतदाता रहेका थिए । त्यसमध्ये १५,७६८ अर्थात ७८.३२५ मत खसेको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका २०२१ का बिजयी उम्मेदवारहरुहरुमा अध्यक्षमा(बुद्धि सागर सुवेदी तथा बरिष्ठ उपाध्यक्षमा कृष्ण जीबी पन्त बिजयी भएका छन् ।

यसैगरि उपाध्यक्षहरुमा गोपेन्द्र भट्टराई,सुमन थापा, डिलु पराजुली र बिकास राज उप्रेती बिजयी भएका छन । त्यस्तै महिला तर्फ उपाध्यक्षमा दिक्षा बस्नेत बिजयी भएकी छिन ।

महासचिवमा अन्जन कुमार चौलागाई, सचिवमा अनुप खनाल, महिलातर्फ सचिवमा सुनिता कंडेल, कोषाध्यक्षमा राजीव श्रेष्ठ तथा सह कोषाध्यक्षमा अग्नि ढकाल बिजयी भएका छन् ।

त्यस्तै महिला संयोजकमा सुन्दरी गुरुङ, युवा संयोजकमा त्रिभुवन पाण्डे बिजयी भएका छन् । त्यस्तैगरि प्रवक्ता पद रिक्त रहेको छ भने पछि मनोनित हुनेछ ।

संचालक समिति सदस्य(बोर्ड अफ डाइरेक्टर)मा चिकित्सक प्रकाश श्रेष्ठ, बिशाल राना,बाला घिमिरे, डोलनाथ घिमिरे,प्रल्हाद सापकोटा,ज्ञानेन्द्र गुरुङ सन्तोष पहारी,आशिष संग्रौला, शान्ति पौडेल ,बिश्व राज बास्तोला ,दुर्गेश कार्की तथा राज ढुंगाना बिजयी भएका छन् ।

अमेरिकाको तर्फबाट अन्तराष्ट्रिय परिषद सदस्यहरुमा अमृत सापकोटा,संजीव कुमार श्रेष्ठ,बिन्दु निरौला, सुरेन्द्र मल्ल,संजय थापा,गोविन्द सुबेदी, नारायण कंडेल बिनोद तिवारी तथा बिष्णु शाह बिजयी भएका छन् ।

प्रतिक्रिया