लण्डन । नेपालका रहेका कोरोना प्रभावित परिवारहरुलाई सहयोगार्थ एक च्यारिटी कार्यक्रम गरी बेलायतका सक्रिय नेपाली समाजसेवी एवम् सफल युवा व्यवसायी विष्णु खरेलले करिब् ३ लाख रुपैयाँ जुटाएका छन् ।
उक्त रुपैयॉं नेपालमा रहेका विपन्न कोरोना प्रभावित परिवारहरुलाई सहयोग गरिने समाजसेवी खरेलले नेपालसंसारलाई बताए ।
च्यारिटी कार्यक्रममा बेलायतका बरिस्ठ समाजसेवी शेर बहादुर सुनार, एनआरएन यूकेका उपाध्यक्षहरु प्रेम गाहा मगर, नारायण कडेल , सुनिल बाबु खड्का , एनआरएनका कोषाध्यक्ष तेजेंद्र रोका मगर , एनआरएन इगंल्याण्ड राज्य परिषदका उपाध्यक्ष लाल बहादुर गुरुंग , एनआरएन यूवा अभियनता राजन खकुराल , जनसम्पर्क समिति बेलायतका सह–कोषाध्यक्ष कुश बस्नेत , सह–महामन्त्री रेशम बस्याल , सिर्जनशील समाज बेलायतको अध्यक्ष भक्त दर्जी , समाजका युवा अभियान्ताहरु सुरेन रुपाखेती , रवि उप्रेती लगायतका सामाजिकव्यक्तिहरुको सहभागिता थियो ।
व्यवसायसंगै समाजसेवामा पनि उत्तिकै सक्रिय बेलिफ रेष्टुरेन्ट संचालक खरेलले नियमित रुपमा सामाजिक कार्यहरु गर्दै आएका छन् ।यस वर्षमात्रै उनले १६ लाख रुपैयाँको सहयोग नेपाल पठाइसकेका छन् ।