लण्डन । बुद्ध फाउण्डेसन यूकेले २५६५ औ बुद्ध जयन्ती भुर्चुअल माध्यमबाट मनाउने भएको छ ।
फाउण्डेसन युकेका अध्यक्ष दीपक श्रेष्ठ र महासचिव अर्जुन कटुवालले प्रेस बिज्ञप्ति जारि गर्दै बुद्ध फाउण्डेसन युकेले हरेक बर्षको बुद्ध जयन्ती लण्डनको मुटु ट्राफलगरस्क्वारमा भब्य कार्यक्रम गरि मनाउदै आएको भएता पनि यसपाली विश्व शान्तिको कामना गर्दै भुर्चुअल माध्यमबाट बुद्ध जयन्ती २०२१ को शुभकामना ब्यक्त गर्ने कार्यक्रम भएको जनाईएको छ ।
उक्त भुर्चुअल कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी उपस्थित हुने र सो भुर्चुअल कार्यक्रममा आगामी आईतबार ३० मे २०२१ दिनको ११ बजे हुने र सो कार्यक्रममा सहभागी भई बुद्ध जयन्ति मनाउन सबैमा फाउण्डेसनका महासचिव अर्जुन कटुवालले अपिल गरेका छन् ।
( जुम कार्यक्रमको आईडी : 82936315133)
(Passcode : Buddha )
प्रेस विज्ञप्ति :
