२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

झलनाथ भन्छन् : केपीको कारबाहीले रौं पनि हल्लिँदैन

963 Shares
Spread the love

काठमाडौँ — नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले आफूहरुमाथि कारबाही गरेर केपी ओलीले हिटलरी हर्कत देखाएको बताएका छन् । सोमबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले नेता खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गर्ने निर्णय गरेको छ ।

नेता खनालले देशका निम्ति लड्ने कम्युनिष्ट साथीहरुमाथिको कारबाहीलाई ओलीको हिटलरी र अमानवीय हर्कत भएको बताए ।

‘अहिले केपी ओलीको कुनै खुर्सानी बारी मैले फाँडेको थिइनँ । उनले किन कारबाही गर्नुपर्‍यो ? उनी आफैं अपराध गर्ने, कम्युनिष्ट आन्दोलनलाई ध्यवस्त पार्ने, एकतालाई ध्वस्त पार्ने, राष्ट्रलाई ध्वस्त पार्ने, विदेशीहरुको एजेन्ट भएर हिँड्ने तर देशभक्त, कम्युनिष्ट योद्धाहरु, देशका निम्ति लड्ने साथीहरुलाई कारबाही गर्ने हिटलरी हर्कत हो । अमानवीय र क्रुर हर्कत हो,’ खनालले भने । तर, त्यस्ता कारबाहीको कुनै अर्थ नभएको खनालको भनाई छ ।

प्रतिक्रिया