२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

देशलाई दुर्घटनातर्फ धकेल्ने शासकलाई जनताले क्षमा गर्ने छैनन्– ज्ञानेन्द्र शाह

55246 Shares
Spread the love

काठमाडौँ– पूर्व राजा ज्ञानेन्द्र शाहले देशलाई दुर्घटनातर्फ धकेल्ने शासकलाई जनताले क्षमा नगर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वराजा शाहले विश्व महामारीका बेला जनदायित्वबाट पन्छिन खोजेको आरोप लगाएका छन् ।उनले भनेका छन्, ‘यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयीक राजनीतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन्।’

प्रतिक्रिया