२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

वरिष्ठ पत्रकार योगी पत्रकार महासंघ युके शाखाको अधिवेसनका लागि केन्द्रीय प्रतिनिधि

1149 Shares
Spread the love

लन्डन — नेपाल पत्रकार महासंघ बेलायत शाखामा देखिएको विवाद अन्त्य गरि सर्वसम्मतिमा नयाँ कार्यसमिति चयनका लागि वरिष्ठ पत्रकार भगीरथ योगीले पहल सुरु गरेका छन् । नेपाल पत्रकार महासंघ काठमाडौंले महासंघ बेलायत शाखाको पाँचौ अधिवेशन सम्पन्न गर्न पत्रकार योगीलाई केन्द्रिय प्रतिनिधिको जिम्मेवारी दिएपछि बुधबारबाटै विवाद समाधानका लागि उनले पहल सुरु गरेका हुन । बुधबार महासंघ केन्द्रिय महासचिव रोशन पुरीले पत्रकार योगीलाई महासंघ बेलायत शाखाको निर्वाचन सम्पन्न गर्न केन्द्रिय प्रतिनिधि तोकेका थिए ।

गत ९ मे २०२१ मा सम्पन्न पूर्ण कार्यसमितिको बैठकले भर्चुअल रुपमा १३ जुनमा पाँचौ अधिवेशन र नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय विपरीत निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशित गरेको भन्दै महासचिव संजय कंडेलले विज्ञप्ति निकाले पछि विवाद उत्पन्न भएको थियो ।

‘महासंघ बेलायत शाखालाई एकतावद्ध गरि सहमतिमा नयाँ कार्यसमिति गठन गर्न नेपाल पत्रकार महासंघको निर्देशन अनुसार महासंघ युके अध्यक्ष नरेश खपांगी मगरलगायतका सबै पक्षसँग वार्ता गरि सहमतिमा पुग्ने विश्वास छ,’ केन्द्रिय प्रतिनिधि रहेका पत्रकार योगीले भने । “सदस्यता शुद्धिकरण कार्यान्वयन समितिको संयोजकको रुपमा काम गर्न साथीहरुले जसरी सहयोग गर्नु भएको थियो, अधिवेशनको प्रक्रिया पनि पारदर्शी र सर्वसम्मत ढंगले संचालन गर्न सबै साथीहरुको साथ र सहयोग प्राप्त हुने मैले विश्वास लिएको छु,” उनले भने।

उनले महासंघ बेलायत शाखाको विवादका बारेमा निर्वाचन समितिका पदाधिकारीहरूसँग औपचारिक, अनौपचारिक छलफल गरि सहमतिमा नयाँ कार्यसमिति गठन गर्न सहयोग लिने तयारी समेत गरेको बुझिएको छ ।

प्रतिक्रिया