२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

‘गोल्डेन एभरेष्ट क्रिकेट लिग’ का लागी एनआरएनए यूकेका उपाध्यक्ष प्रेम गाहा मगरको सहयोग

969 Shares
Spread the love

लण्डन । बेलायतको मिडल्याण्डमा अर्को साता सुरु हुने ‘गोल्डेन एभरेष्ट मिडल्याण्ड क्रिकेट लिग’ प्रतियोगिताको सञ्चालनको सहयोगार्थ गैरआवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके ) का उपाध्यक्ष प्रेम गाहा मगरले आर्थिक सहयोग गरेका छन् ।

उनले सो प्रतियोगिताको सञ्चालनका लागी ५ सय १ पाउण्ड प्रदान गरेका हुन् ।

एनआरएन यूकेको आगामी कार्यकालका लागि अध्यक्ष पदका प्रत्यासी समेत रहेका गाहा मगरले प्रतियागिता सहज रुपले सञ्चालन होस् भन्ने उद्देश्यले आर्थिक सहयोग प्रदान गरेको बताएका छन् । ‘यस्ता प्रतियोगितालाई प्राथमिकतामा राख्नुपर्छ र प्रोत्साहन गर्नुपर्छ,’ उनले भने । खेलकुद र युवाहरुको कार्यक्रमलाई विगतदेखि नै प्राथमिकतामा राख्ने गरेका गाहामगरले यसपटक पनि सहयोगलाई निरन्तरता दिएका हुन् ।

नटिङ्घम टिमका पूर्व कप्तान तथा नटिङघम समाजका अध्यक्ष दीपक सापकोटाले गाहा मगरको सहयोगले खेलाडीहरुको हौसला बढेको बताए । बेलायतमा लकडाउन खुकुलो भएसँगै ‘गोल्डेन एभरेष्ट मिडल्याण्ड क्रिकेट लिग’ प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

लिगको दोश्रो संस्करण यही मे २३ बाट सुरु हुँदैछ । पहिलो संस्करण २०१९ मा आयोजना भएको थियो। पहिलो संस्करणको उद्घाटन बेलायतका लागि तत्कालिन नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले गरेका थिए ।

यसपटक २३ मेबाट सुरु हुने लिगको दोश्रो संस्करणमा नटिङघम, बर्मिङ्हम, लेस्टर, ग्रान्थाम र पिटरब्रो गरी ४ टिमबीच प्रतिस्पर्धा हुने भएको छ । २६ खेल हुने लिग झन्डै ३ महिना चल्ने जनाइएको छ । नेपाली समुदायद्वारा सञ्चालित यो प्रतियोगिता मिडल्याण्डवासीसहित बेलायतमा रहेका समग्र नेपालीहरूका लागि आकर्षण बनेको छ ।

आयोजकका अनुसार प्रतियोगिता २३ मेबाट सुरु हुने भएपनि औपचारिक उद्घाटन समारोह भने गरिने छैन । लकडाउन खुले पनि कोभिड महामारीको त्रास कायमै रहेकाले उद्घाटन समारोह नगरिने र समापनमा भने औपचारिक कार्यक्रम गरिने सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया