२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएनए यूके निर्वाचन : साउथ इष्ट लण्डनबासी नेपालीहरुको समर्थन जुटाउदै दिपक

1044 Shares
Spread the love

लण्डन । आसन्न एनआरएनए युके निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका दीपक श्रेष्ठले आफ्नो चुनावी अभियानलाई तीव्र गति दिन थालेका छन् ।

अन्य उम्मेदवारहरुभन्दा फरक ढंगले सम्पर्क कार्यालय नै खोलेर सदस्यता अभियान चलाइरहेका श्रेष्ठले आफ्नो उम्मेदवारीमा समुदायको समर्थन बटुल्न शुरु गरेका छन ।

शुक्रबार बेलुका साउथ इष्ट लन्डनको नेपाली समुदायका अधिकांश अगुवाहरु उपस्थित भेलाले एनआरएनए युकेको भावी अध्यक्षमा श्रेष्ठको उम्मेदवारीमा समर्थन जनाएको श्रेष्ठको दाबी छ ।

साउथ इष्टका प्लमस्टेड, चार्ल्टन, वूल्विच, बेक्सली, वेइलिङदेखि डाटफोर्डसम्मका सामाजिक अभियन्ता र संघसंस्थाका प्रमुख एवम प्रतिनिधिहरुले श्रेष्ठको उम्मेदवारीमा समर्थनसहित सहयोगको प्रतिबद्धता व्यक्त गरेको उनले जनाएका छन् ।

एनआरएनए तथा अन्य बिभिन्न सामाजिक अभियानहरुमा आफ्नो कुशल नेतृत्व क्षमता प्रमाणित गरीसकेका श्रेष्ठ एनआरएनए युके अध्यक्षका लागि उत्तम पात्र रहेको अधिकांश वक्ताहरुले बताए ।

वक्ताहरुले श्रेष्ठलाई विजयी गराउन सिंगो साउथ इष्ट एक ढिक्का गराउने भन्दै उनीहरुले सबैले मिलेर सदस्यता अभियानलाई तीव्र पार्नुपर्नेमा जोड दिए ।

त्यसअवसरमा नेप्लिज प्रोफेसनल्स युकेका अध्यक्ष माधब पराजुली, पशुपतिनाथ मन्दिर प्लमस्टेडकी महासचिव कल्पना त्रिपाठी, पासा पुच साउथ इष्ट अध्यक्ष माधब लाल श्रेष्ठ, पशुपतिनाथ मन्दिर प्लमस्टेड संस्थापक अध्यक्ष होम शर्मा, बेक्सली नेपाली समाज महासचिव हरिष ज्ञवाली, प्रवासी नेपाली मन्च साउथ इष्ट अध्यक्ष केदार थपलिया, चार्ल्टन समाजका पूर्व अध्यक्ष रोमनाथ पाण्डे, धादिॅग अन्तरराष्ट्रिय समाजका प्रवक्ता राजन खकुराल लगायतले शुभकामना दिए ।
त्यस्तै, हेल्प नेपाल नेटवर्कका प्रशिद्ध प्रधान उपाध्यक्ष हेल्प नेपाल नेटवर्क, एनआरएन आइसिसी सदस्य सुरोज मास्के, बुद्ध फाउन्डेसन युकेका महासचिव अर्जुन कटुवाल, नेप्लिज यूथ एशोसियसन अध्यक्ष लक्षुमन गुरूङ, पासा पुच साउथ इष्ट उपाध्यक्ष मदन कुमार श्रेष्ठ, हङकङ नेपाली मन्च यूके अध्यक्ष ह्यारी गुरुङ, क्याट युके अध्यक्ष जिवन सेनले पनि श्रेष्ठ लाई जीतको शुभकामना दिए ।

त्यसअवसरमा मोहन गुरुङ, कर्ण शाही, विनोद ज्ञवाली, शर्मिला हिराचन, जित रानाभाट, डा मुकुन्द बास्तोला, विनोद चिपालु, सुशिल प्रजापति, सचिन श्रेष्ठ, प्रकाश कंडेल, अन्जना थापा, पुष्पा गुरुङ, गजेन कटुवाल, खेमराज रानाभाट, अर्चना गुरुङ, अन्जना थापा, मन्जु भण्डारी, पुण्य रेग्मी, तिलक भट्टराई, बानु गुरुङ, समिर भट्टराई, दिलिप पौडेल, रोनश ओझा, सुरज गुरुङ, लक्ष्मण मल्ल, आहिल्या कुँवर, ओम सापकोटा, ओम डंगोल, सुदेश बजगाई, निमा दोर्जे, सुरेन रुपाखेती, राजेन्द्र खस लगायत साउथ इष्ट लन्डनका दर्जनौं अगुवा र संघसंस्थाका प्रतिनिधीको उपस्थिति थियो ।

उपस्थित सम्पूर्ण अभियन्ताहरुलाई धन्यवाद दिंदै अध्यक्ष उम्मेदवार श्रेष्ठले साउथ इष्टको समर्थनले आफु झन उत्साहित बनेको बताए । सबैलाई समेटेर अघि जाने आफ्नो योजना सुनाउँदै श्रेष्ठले सदस्यता अभियानमा अझै तीव्र रुपमा लाग्न सबैलाई एकमुष्ट आव्हान गरे ।

प्रतिक्रिया