२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

सरकारको लापरवाहीले संक्रमणसँगै मृतकको संख्या बढ्यो : देउवा

1196 Shares
Spread the love

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको चरम लापरवाही, असंवेदनशीलताले संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृतकको संख्या बढेको आरोप लगाएका छन्। इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व ईद उल फित्रका अवसरमा शुभकामना दिँदै उनले महामारीबाट बच्न नागरिक आफैँ पनि सचेत हुन आह्वान गरेका छन्।

इद उल फित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको बताउँदै उनले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास लिएका छन्। लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा इस्लाम धर्मावलम्वीको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन्।

देउवाले कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै नियमित रुपमा नमाज गरी राख्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरी भौतिक दुरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ ‘इद उल फित्र’ मनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया