२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

कोरोनाबाट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

849 Shares
Spread the love

काठमाडौं। कोरोना संक्रमणका कारण नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको निधन भएको छ। काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा गत साता भर्ना भएका अध्यक्ष गैरेको विहीबार साँझ निधन भएको हो।

संघका महासचिव सुजित कुमार श्रेष्ठले अध्यक्ष गैरेलाई निकै प्रयासका बाबजुद पनि बचाउन नसकिएको बताएका छन्। श्रेष्ठका अनुसार गैरेको मुटुले काम गर्न छोडेको केही समयपछि उनको निधन भएको हो।

उनलाई ७ मेमा केएमसी अस्पताल भर्ना गरिएको थियो। यसअघि कोरोना संक्रमण देखिएपछि सुरुमा बासबारीस्थित हेम्स अस्पताल पुर्याइएको थियो। उनको अक्सिजन लेवल घटेपछि केएमसीको आइसीयूमा राखेर उपचार भइरहेको थियो।

स्वास्थ्य अवस्था झनै बिग्रिदै गएपछि बुधबार रातिबाट उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। अर्घाखाँची निवासी गैरे केही समय अगाडि नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा समेत निर्वाचित भएका थिए।

गैरेका भाईको पनि ६ महिना अघि कोरोनाकै कारण निधन भएको थियो।

प्रतिक्रिया