२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन जुलाईमा नहुने : उप-सभापती पोखरेल

818 Shares
Spread the love

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) को अधिवेशन आगामी जुलाई नहुने भएको छ ।

कोरोना संक्रमणका कारण बिरामी परेका सभापति युबराज गुरुङ अनुपस्थित बैठकमा कार्यवाहक सभापति महेश दाहालको सभापतित्व गरी जुलाई १७ शनिवारको दिन अधिवेशन गर्ने निर्णय गरेको थियो ।

सभापती गुरुङ्ग अस्वस्थ भई अनुपस्थित बैठकमा र कार्यसमितीलाई बाईपास गरी कुनै गम्भीर निर्णय नलिन सल्लाकार शेर सुनारको आग्रहलाई बेवास्ता गरि अधिवेशनको मिति घोषणा गरिएको थियो ।

उक्त मिति सभापती युबराज गुरुङलाई कुनै जानकारी नदिईकन र कार्यसमितीलाई बाईपास गरी निर्णय गरेको हुनाले सो मितीमा कुनै पनि हालतमा अधिवेशन गर्न नसकिने नेपाली जनसम्पर्क समिति बेलायत उप-सभापती सुवास चन्द्र पोखरेलले जानकारी दिए ।

सभापति युवराज गुरुङको अस्वस्थताका कारण केही समय नेपालमै रहनुपर्ने वर्तमान परिस्थितिबीच र सिङ्गै कार्यसमितीलाई बाईपास गरी सल्लाहकार र केन्द्रीय सभासदहरुको निर्णय नेपाली जनसम्पर्क समिति बेलायतको भावनामा चोट पुर्याउने चेस्टा र विधि-विधान विपरित भएको अनुशासन कमिटीका संयोजक समेत रहेका उप-सभापती पोखरेलले जनाए ।

प्रतिक्रिया