40963
Shares
काठमाडौँ । १० दिनअघि गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका राजीव गुरुङ (दिपक मनाङे)को मन्त्री पद खुस्किएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएसँगै मनाङेको पद खुस्किएको हो ।
उनी १० अगाडि मन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पछिल्लो समय आफ्नो पद धरापमा परेपछि मनाङेलाई रोक्नका लागि सामाजिक विकास मन्त्रालय टुक्राएर खेलकुद मन्त्री बनाएका थिए।
मन्त्री बनेको १० दिनमै मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि उनी पनि काम चलाउ भएका छन् ।