२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

प्रधानमन्त्री ओलीलाई महन्थ-राजेन्द्रले भने विश्वासको मत दिन सकिँदैन

821 Shares
Spread the love

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसकिने बताएका छन्।

जसपा अध्यक्ष ठाकुर र नेता महतोले आइतबार प्रधानमन्त्री ओलीलाई बालुवाटामार भेटेर आफूहरूले मत दिन नसक्ने जानकारी गराएका हुन्।

प्रधानमन्त्री ओलीसँगको भेटपछि महतोले भने, ‘हामीले सरकारलाई विश्वासको मत दिन नसकिने जानकारी गरायौं।’

आफूले उठाएका कतिपय माग/मुद्दा सम्बोधन भएपनि कति सम्बोधनको प्रक्रियामा रहेकाले विश्वासको मत दिन नसकिने अवगत गराएको उनले बताए।

प्रतिक्रिया