मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा संदिग्ध सहित ४ जनाको मृत्यु हुनेहरुमा एक नेपाली पनि परेका छन् । मे ८ शनिबारका दिन बिहानै गोली काण्ड संगै घरमा आगजनी बिहानै भएको प्रहरी अधिकारीले जनाएका छन् ।
संदिग्धले गोली चलाएपछि उनलाई प्रहरीले गोली चलाउदा उनको निधन भएको थियो ।
ताजा जानकारी अनुसार बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका(बाना)का अध्यक्ष सुबोध विलास पन्त उक्त घटनास्थलमा दिउसो पुगेका थिए । अध्यक्ष पन्तका अनुसार उक्त मृतक नेपाली हालसालै साउथ क्यारोलाइनाबाट बाल्टिमोर आएका बताए ।
उक्त घटनामा नेपाली पनि परेकोले बानाका महासचिव बिहानै देखि घटनास्थलमा छन् भने उनले नेपाली समुदायलाई सक्दो सहयोग गरि रहेका छन् । अध्यक्ष पन्तका अनुसार एक नेपालीको घर पुरै धवस्त भएको छ भने त्यहा कम्तिमा दुई घर पुरै र दुई घर आंशिक रुपमा जलेको बताए ।
मृत्यु हुनेहरुमा नेपाली बाहेक दुई जना स्पनेली परेका छन् भने मारिने संदिग्ध अस्वेत रहेको बुझिएको छ । निधन हुने अन्दाजी २४ बर्षका हालसालै साउथ क्यारोलाइनाबाट स्नातक सकेर १० दिन अगाडी मात्र बाल्टिमोर आएका थिए । मृतक नेपाली संखुवासभाको भएको बुझिएको छ ।
यसैगरी घाइते हुने र हाल अस्पतालमा भर्ना भएका अन्दाजी २६ बर्ष भएका नेपाली सर्लाही घर भएको बुझिएको छ । उनि न्यू मेक्सिकोबाट बाल्टिमोर आएका हुन् भने उनि सन् २०१७ मा अमेरिका आएका हुन् ।
बन्दुकधारी संदिग्धले अन्य नेपालीहरु पनि खेदेको र भागेर ज्यान बचाएको अध्यक्ष पन्तले बताए । पीडित र नेपाली समुदायलाई बानाका महा सचिव ढकालले अहम भूमिका निर्वाह गरि रहेका छन् ।
उक्त क्षेत्रमा बसोबास गर्दै आएका एक बासिन्दाले एका बिहानै ६:३० बजे घरमा आगजनी भएको देखेको र ठूलो बिस्फोट भएको एपीलाई बताएकी थिइन् ।
गेल वाट्स नामक महिलाले एक पुरुष उक्त समयमा उभिई रहेको देखेको बताएकी थिइन् । उक्त संदिग्धसंग बन्दुक रहेको र अन्य मानिस ज्यान बचाउन दौडी रहेको बताएकि थिइन् ।
उक्त महिलाका अनुसार २५ बर्ष देखि बस्दै आएकी उनले उक्त संदिग्ध व्यक्ति आक्रमक स्वभावको भएको बताइन । बाल्टिमोर काउन्टीका प्रहरी प्रवक्ता जोय स्टेवार्डका अनुसार बाल्टिमोरको पश्चिम वुडलन नजिक उक्त बन्दुकधारी र आगजनी भएको खबर पाए पछि ६:४० मा त्यहा पुगेका थिए ।
प्रहरीले यस घटनाबारेमा अनुसन्धान गरि रहेको छ । मृतक र घाइते भएका युवाहरुको परिवारलाई नेपालमा सम्पर्क गर्न प्रयास भैरहेको बानाका महासचिव ढकालले बताएका छन् ।
तस्बिर : सुबोध पन्त