२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावलाई असफल पार्ने काँग्रेसको निर्णय

597 Shares
Spread the love

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने गरेको प्रस्तावलाई असफल पार्ने निर्णय गरेको छ। मंगलबा बसेको पदाधिकारी बैठकले विश्वासको मतको प्रस्तावलाई सफल हुन नदिने निर्णय गरिएको सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए। उनले बैठकले सर्वसम्मरुपमा प्रधानमन्त्रीले राखेको प्रस्ताव फेल गर्ने निर्णय गरेको जानकारी दिए।

उनका अनुसार बैठकको कार्यसूची नै तोकेर संसदको अधिवेशन आव्हान गरिएकोमा समेत काँग्रेस असन्तुष्टि पोखेको छ।

डा. महतले भने, ‘संसदले धेरै महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने अवस्था छ। तर, बैठकको प्रयोजन नै तोकर अधिवेशन आव्हान गर्नु राम्रो होइन भन्ने सबैको कुरा आयो।’ वैशाख २७ मा विश्वासको मत लिने प्रस्ताव राखेपछि काँग्रेसले असफल पार्ने निर्णय लिएको छ भने अर्को प्रतिपक्षी दल माओवादी केन्द्रले मंगलबारै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

प्रतिक्रिया