781
Shares
लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तलाई पनि कोरोना संक्रमण भएको छ ।
दुईदिन देखि ज्वरो आएर चेकगर्दा पोजेटिभ देखिएको उनले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । उनले फेसबूक मार्फत आफूले सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोनाले भेटेको भन्दै केही दिनयता आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्क रहन अनुरोध गरेका छन् ।
कोरोना संक्रमण देखिएपनि उनको अवस्था सामान्य रहेको जनाएका छन् ।