२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

मुख्यमन्त्रीको शपथग्रहण रोक्न विपक्षी दलका नेता प्रदेश प्रमुखको कार्यलयमा

994 Shares
Spread the love

बुटवल : मुख्यमन्त्री शंकर पोखरेलले एकल बहुमतको सरकार गठन गर्ने तयारी गरिरहेका बेला प्रदेश सभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ नगराउन माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र जनमोर्चा नेपालका सांसदले प्रदेश प्रमुखलाई भेटेर अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठनको कुनै सम्भावना नरहेको भन्दै आफू पक्षका ४० सांसदको हस्ताक्षर बुझाउका हुन् ।

८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद रहेको भनिए पनि उपनिर्वाचनबाट विजयी सांसद विमला वलीले आफू नेकपा माओवादी केन्द्रमा जाने प्रस्ट पारेपछि एमालेको पक्षमा ४० सांसद सीमित रहेका छन्  । त्यसमा पनि एमालेको एक जना उपसभामुख हुन् । उपसभामुख दलको वैठकमा सहभागि हुन नपाउने भएका कारण उनको हस्ताक्षर समेत प्रदेश प्रमुखकोमा लैजाने कुरा गलत भएको कानुन व्यवसायीले बताउका छन् । सभामुख र उपसभामु दुवैले दल त्याग गरेका कारण उनिहरु दलिय सदस्य नहुने जिकिर उनिहरूको छ ।

नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुदीन खानले मुख्यमन्त्री शंकर पोखरेलसँग एकल बहुमतको सरकार बनाउने कुनै आधार नरहेको र विपक्षी चार दलसँग पनि मुख्यमन्त्रीसँग भन्दा वढि सांसद रहेको अवस्थामा दलहरुसँगको छलफलबाट मात्र प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखसँग माग गरिएको बताए । उनले विपक्षी दलसँग ४० सदस्य रहेको र नेकपा एमालेसंग ३९ जना सदस्य रहेको दावी गरे । अवको सरकार आफुहरुको नेतृत्वमा बन्ने बाटाे खुलेको दावी उनको छ ।

प्रतिक्रिया