लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको महासचिव पदमा एक जना अब्वल व्यक्तिले उम्मेदवारी दिने भएका छन् ।
बेलायतस्थित विश्वविद्यालयबाट अर्थशास्त्र बिषयमा विद्यावारिधि गरेको डा. मुकुन्द बास्तोलाले एनआरएनए युकेको आगामी कार्यकालका लागि महासचिव पदमा उम्मेदारी दिने जनाएका हुन् ।
संसारका ८० भन्दा बढी देशमा रहेको गैरआवासीय नेपालीहरुको साझा संस्था एनआरएनए युकेमा विद्यावारिधि गरेका डा बास्तोलाको प्रवेशले सकारात्मक सन्देश गएको छ ।
सामाजिक संस्थाहरुलाई जिम्मेवार र विश्वसनीय बनाई गैरआवासीय नेपालीहरको हितमा लगाउन डायस्पोराका नेपाली समुदाय सग समन्वय गरि अघि बढछु, डा.बास्तोलाले भने, ,नेपाली समुदाय सग हातेमालो गर्ने गरि औपचारिक कार्यक्रम मार्फत ठोस योजना सार्वजनिक गर्नेछु । ति योजनाले गैरआवासीय नेपालीलाई एकाकार गराउने छ ।
कार्डिफ युनिभर्सिटिबाट विद्यावारिधि गरेका डा. बास्तोला विश्वभर प्रख्यात बहुराष्ट्रिय कम्पनी जोन्सन ग्रुप युकेका आर्थिक परामर्शदाताका रुपमा कार्यरत छन् । उनी बेलायतका विभिन्न विश्वविद्यालयमा निरन्तर खोज तथा अनुसान्धनमा सकृय छन । बास्तोला आर्थिक तथा शैक्षिक मामलामा विशेष दखल राख्छन् ।
गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिलाउन निरन्तर काम गरिरहेका डा.बास्तालाले नेपाल सरकारसग नियमित सम्पर्कमा रहि काम गरिरहेका छन । डा बास्तोलाकै पहलमा गत महिना नागरिकता निरन्तरताका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना तथा त्यस क्षेत्रका विशेषज्ञहरुसग अन्तरक्रिया गरेका थिए ।
सामाजिक संस्थामा संलग्नता
डा. बास्तोला युरोपियन नेपाली अनुसन्धान परिषद्का अध्यक्षका रुपमा कार्यरत पनि छन । त्यसबाहेक बेलायतवासी नेपाली समुदायको पुरानो संस्था यति नेपाली एसोसिएसन युकेका महासचिवका रुपमा सामाजिक काममा सकृय छन । कास्की स्थायी घर भएका डा. बास्तोला कास्की आदर्श समाज अन्तरराष्ट्रिय परिषद्मा आवद्ध रहेका बास्तोला बेलायतस्थित ग्राजुयट इन्टरपेनर्सहरुको संस्था जेन्स युकेका सल्लाहकार हुन् ।
एनआरएनए युकेका सल्लाहकार तथा सन् २००९ बाट निरन्तर रुपमा सकृय डा. बास्तोला एनआरएनए युके राज्य समन्वय विभागका संस्थापक सचिव हुन । स्मरण रहोस, एनआरएनए युकेका चार राज्य समन्वय परिषद् गठन २०१७ (२०१९ मा ठुलो भुमिका खेलेका थिए ।
बेलायतमै बसेर जन्मभुमि नेपालमा लगानी गर्ने र नेपालीलाई रोजगारी दिलाउन नेप्लिज कोअपरेटिभ ग्रुप (एनसिआई) मार्फत उनले काम गरिरहेका छन उनी एनसिआईका महासचिव छन । उक्त संस्थाले नेपालमा सोलार पावर, अर्गानिक फार्मलगायतका क्षेत्रमा लगानी गरेको छ ।