२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

एमाले सांसद विमला खत्री माओवादीमा प्रवेश गरेपछि गुम्यो पोखरेलको बहुमत

3815 Shares
Spread the love

बुटवल : लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन् । वली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत छिनभरमै गुमेको छ ।

दाङबाट प्रदेशसभा ३ (ख) बाट वलीले नेकपाका तर्फबाट लुम्बिनी प्रदेशसभा निर्वाचित भएकी थिइन् । एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको दावी गरेको थियो।

अब सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् । संविधानको धारा १६८(१) अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ । प्रदेश सभामा नेपाली का‍ंग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद छन्।

प्रतिक्रिया