२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएनए अमेरिका अध्यक्षका उम्मेदवार लाम्सालको उम्मेदवारी रद्द

834 Shares
Spread the love

अमेरिका। गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका सूर्य साल लम्सालको उम्मेदवारी रद्ध भएको छ ।

शनिवार अपरान्ह निर्वाचन समितिले अध्यक्षहरुको सूचि प्रकाशित गर्दा लम्सालको नाम उम्मेदवारहरुको नामबाट हटाएको छ ।

विधानमा संस्था विरुद्ध मुद्दा मामिलामा जाने व्यक्ति उम्मेदवार हुन नपाउने प्रावधान छ । सोही दफालाई आधार मानेर लम्सालको उम्मेदवारी रद्ध भएको हो ।

अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका थिए । टेक्ससका कृष्ण लामिछाने र अर्जुन बन्जाडे विन्सकन्सिनका बुद्धि सुवेदी र तिलक केसी र न्यूयोर्कका लम्सालको उम्मेदवारी परेको थियो ।

‘निर्वाचन समितिमा उहाँको उम्मेदवारीको विषयमा उजुरी परेको थियो’ प्रमुख निर्वाचन आयुक्त विश्व बरालले भने । कानुनी सल्लाहकारहरुसँग व्यापक छलफल हुँदा विधान विपरित जान नमिल्ने भएकोले उहाँको उम्मेदवारी रद्ध गर्नुपरेको समेत बरालले भने ।

‘संस्थालाई संस्थागत गर्ने क्रममा उहाँसँग प्रतिकृया मागेका थियौँ । तर चित्तबुझ्दो जवाफ आएन । त्यसोहुँदा विधान अनुसार रद्ध गर्न समिति वाध्य भएको हो’ बरालले स्पष्ट पारे ।

एनआरएनए अमेरिकाको विर्वाचनको क्रममा विभिन्न पदमा चारसय भन्दा बढी उम्मेदवार छन् ।

 

प्रतिक्रिया