२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएनए यूकेको निर्वाचन ३१ जुलाईमा, प्रमुख निर्वाचन आयुक्त महेन्द्र कंडेल

746 Shares
Spread the love

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ नेतृत्वको लागि निर्वाचन आगामी जुलाईको अन्तिम साता हुने भएको छ ।

गैरआवासीय नेपाली संघ युकेको शुक्रवार साँझ बसेको बैठकले संघको ८ औं महाधिवेशन तथा निर्वाचन जुलाई ३१ तारिख, शनिवारका दिन गर्ने निर्णय गरेको हो ।

संघकी अध्यक्ष पुनम गुरुङ्गको अध्यक्षतामा ७ घण्टा चलेको बैठकले निर्वाचन समितिको प्रमुख आयुक्तमा संघका पूर्वअध्यक्ष तथा संरक्षक महेन्द्र कंडेललाई सर्वसम्मतले चयन गरेको छ ।

संघको नयाँ नेतृत्वको लागि वर्तमान कार्यसमितिका उपाध्यक्षहरु प्रेम गाहामगर, रोजिना प्रधान राई,  सुनिल खड्का, र इंल्याण्ड राज्यपरिषदका अध्यक्ष दीपक श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

यसअघि एनआरएन यूकेले आईएमएस मार्फत अप्रिल १ तारिख देखी सदस्यता वितरण थालेको थियो ।

प्रमुख निर्वाचन आयुक्त महेन्द्र कंडेल

प्रतिक्रिया