२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

ह्यारोमा खुल्यो केटीएम स्टोर्सको ( मिनी मार्केट )

25664 Shares
Spread the love

लण्डन । ब्रिटेनमा बसोबास गर्ने नेपालीहरु माझ लोकप्रिय केटीएम स्टोर्सले आफ्नो दोस्रो पसल ह्यारोमा ” केटीएम मिनी मार्केट ” खोलेको छ ।

लण्डनको ग्रीनफोर्डमा व्यवसाय गर्दै आएको काठमाडौँ कर्नरले आफ्नो सेवा विस्तार गर्दै केटीएम मिनी मार्केट शुरु गरेको हो ।

नेपाली ग्राहकको सुविधाका लागि र आफ्नो व्यवसाय थप क्रियाशिल बनाउन आफ्नो सेवा ह्यारोमा पनि विस्तार गरेको सञ्चालक सुनिल थापाले बताए । उक्त मार्केटमा विभिन्न नेपाली उत्पादनहरु, ताजा मासु लगायत अन्तरराष्ट्रिय स्तरका विभिन्न सामाग्री किन्न सकिने उनले बताए ।

आफूलाई आवश्यक पर्ने सामग्री सुपथ मूल्यमा घरमै बसेर पनि www.ktmstores.com बाट सजिलै किन्न सकिने उनी बताउछन् ।

साथै ट्राभल तथा टिकेटिंग लगायत विभिन्न ठाउँमा होलिडे प्याकेजका लागि केटीएम ट्राभल्स एण्ड टुर्स ग्रीनफोर्ड मार्फत थप सुविधा प्रदान पनि गर्दै आएको छ । काठमाडौँ कर्नरमा डिएचएल, यूपीएस जस्ता कम्पनीमार्फत विश्वभर कार्गो तथा कुरियरका साथै मनी ट्रान्सफरको समेत सेवा उपलब्ध छ ।

काठमाण्डौ कर्नर विगत ७ वर्षदेखि लन्डनमा सञ्चालित छ ।

पसलको ठेगाना :

KTM Mini mart9 Broadway Parade
Pinner road
Harrow
HA2 7SY

प्रतिक्रिया