२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

डा. कृष्ण उपाध्यायको माओवादी आन्दोलनमा आधारित उपन्यास प्रकाशित

10839 Shares
Spread the love

लन्डन — मानव अधिकारकर्मी डा. कृष्ण उपाध्यायले नेपालको माओवादी आन्दोलनको सन्दर्भसंग जोड्दै ‘दि गोस्ट्स इन द हिल्स’ नामक उपन्यास प्रकाशित गरेको छन् ।उक्त पुस्तकको किण्डल संस्करण र पुस्तक अमाजन मार्फत बजारमा उपलब्ध छ । एकजना दलित बालिकाको साहसिक यात्राको वर्णन गरिएको उक्त उपन्यास नेपाली ग्रामिण समाजमा द्वन्द्व कसरि शुरु भएको थियो भन्ने कथामा आधारित छ।

दाङ्गको थारु समाजबाट शुरु भएको कथामा जानकी नाम गरेकी बालिकाको रोचक यात्राका साथै युद्ध र विद्रोहको कथा समेटिएको छ ।

“राज्य विरुद्ध सशस्त्र युद्धमा होमिएकी ती बालिकाको युद्धका मर्म बिर्सनेहरु विरुद्ध नै अर्को विद्रोहको कथा पनि हो यो,” उपन्यासकार उपाध्यायले भने। नेपालको माओवादी सशस्त्र द्वन्द्वको बारेमा लेखिएको उक्त पहिलो अंग्रेजी उपन्यासमा उपाध्यायले गहिरोसंग नेपाली समाजमा कायम विभेद र अत्याचारको चित्रण गरेका छन् भने कतिपय विभेद विरुद्धको लडाईं निकै पेचिलो र अप्ठ्यारो भएको तथ्यलाई पनि उजागर गरेका छन् ।

प्रतिक्रिया