२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

दिपक श्रेष्ठद्वारा एनआरएन यूकेको अध्यक्षमा उमेद्वारी दिने घोषणा

48792 Shares
Spread the love

लण्डन । बेलायतको नेपाली समुदायका स्थापित व्यवसायी र समाजसेवी दिपक श्रेष्ठले एनआरएन यूकेको आगामी नेतृत्वको दाबी गर्दै अध्यक्षको उमेद्वारी दिने घोषणा गरेका छन् ।

विगत १ दशकभन्दा लामो समयदेखि बेलायतमा बस्दै आएका श्रेष्ठ गैरआवासीय नेपाली संघ यूकेको ,इंग्ल्याण्ड राज्य समन्वय परिषदको संस्थापक अध्यक्ष हुन् ।

उनले एक विज्ञप्ति जारी गर्दै उनले संघको जुलाइमा हुने नयाँ नेतृत्व चयनका लागि एनआरएन युके अधयक्षको दाबी गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

विगत लामो समय देखिन एनआरएन अभियानमा सक्रिय रहंदै आएका श्रेष्ठ एनआरएन यूकेको( मुक्षेन्द्र गुरुंग ) अध्यक्ष हुँदा  कोषाध्यक्ष थिए । उनि कोषाध्यक्ष हुदा दर्जनौ च्यारिटि कार्यक्रम गरि नेपाल हाउस को लागी ४३००० पाउण्ड भन्दा बढि र निर्बाचन सम्पन्न गराएर पनि ३७००० पाउण्ड भन्दा बढि रकम नयॉ कार्यसमिति लाई हस्तान्तरण गरेका थिए । श्रेष्ठ व्यवसायको साथसाथै सामाजिक कार्यहरुमा पनि उत्तिकै क्रियाशिल छन् । यूकेमा बेस्ट प्राईस रिटेल तथा होलसेल लिमिटेड, बार्किंग पब ( स्पोटेड डग) र ब्रिकनेस्ट कन्सेल्टि लिमिटेडमा उनको लगानी रहेको छ भने नेपालमा हिमालयन ग्लोबल ईन्भेस्टमेन्ट प्रा ली, बेलुन नेपाल प्रा लि , लुम्बिनी क्रेसर प्रा लि मा समेत लगानी रहेको छ ।

बुद्धको जन्मस्थल लुम्बिनीका सम्बन्धमा छरिएका भ्रमहरु चिर्दै बुद्धको शान्ति सन्देशलाई विश्वभर प्रचार गर्ने लक्ष्यका साथ बुद्ध फाउण्डेसन यूके स्थापना गरेका श्रेष्ठले उनकै नेतृत्व र अगुवाईमा कपिलवस्तु समाज यूके स्थापना गरेका थिए । कपिलवस्तु समाज यूकेको अगुवाईमा साउथ ईस्ट लण्डनमा नेपाली राजदुतावासको घुम्ति टोलिलाई बोलाएर करिब ३५० जनाको एमआरपी राहदानी बनाउन सहयोग गरेको थियो भने २०१५ मा नेपालमा गएको भुकम्पमा भुकम्प पिडित परिवारहरूलाई लत्ता, कपडा, टेन्ट, औषधि तथा खाधान्न बितरण गरेको थियो ।

यसै गरी उनले पहिलो पटक लण्डनको मुटु मानिने पार्लियामेन्ट भवन नजिक बेलायतका बिभिन्न समुदाय को प्रतिनिधि, धर्म गुरू ,तथा नेपालीहरूलाई एक ठाउमा ल्याई राजदुताबासको सहयोगमा भब्य बुद्ध जयन्ती कार्यक्रम गरिएका थिए ।

बेलायतमा क्रियाशिल दर्जनौं सामाजिक संघसंस्थामा सल्लाहकार तथा सदस्यका रुपमा उनी आबद्ध उनिले कपिलवस्तुको वाणगंगामा १ करोड २५ लाख रुपियाको लगानीमा बुद्ध वृद्धाश्रम निर्माण गरिरहेको छन् ।

बेलायतमा कोरोना महामारीको बेला एनआरएन यूकेको तर्फ आर्थिक संयोजक बनेका श्रेष्ठको सक्रीयतामा नेपाल र नेपालीलाई २७००० पाउण्ड भन्दा बढि रकम सहयोग गरिएको थियो ।

निबर्तमान एनआरएन यूकेको नेतृत्वले बितरण गरी बॉकी रहेको कार्ड उनले इंग्ल्याण्ड राज्य समन्वय परिषदका कार्यसमितिको सहयोग,साधन र स्रोतबाट बितरण गरेका थिए भने कोभिडबाट संक्रमित तथा निधन भएका परिवारलाई सहयोग गर्न ठुलो भूमिका खेलेका थिए ।

बेलायतमा सम्पन्न जनगणनामा एथेनिक ग्रुपमा नेपाली पनि समावेश होस् भन्ने बेलायतबसी आम नेपालीहरुको भावना अनुसार श्रेष्ठकै अगुवाईमा धेरै संघ संस्था , गोर्खाज, युबा तथा आम नेपालीहरूलाई लिएर २ महिना सम्म उनले अभियान सफल बनाउन मेहनत गरेका थिए । जसले गर्दा यस पटक ८०% भन्दा बढिले भाग लिएको हुनसक्ने आकलन गरिएको छ ।

यहि १७ अप्रैल २०२१ का दिन २३ जना साईकल यात्रीको सहयोगमा ६३ माईल च्यारिटि साईकल राईड गरेर हेल्प नेपाल नेटबर्कद्वारा संचालित अनाथ बालबालिका सहयोगार्थ २५०० पाउण्ड र कपिलबस्तु मा निर्माणधिन बिर्द्धाश्रम के लागी १२०० पाउण्ड उनकै पहलमा पठाएको छ ।

प्रतिक्रिया