२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

सरकारलाई दिएको समर्थनबारे निर्णय लिने अधिकार प्रचण्डलाई

1205 Shares
Spread the love

काठमाडौं। नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वलाई दिएको समर्थनबारे निर्णय लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। बुधबार बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष प्रचण्डलाई सो अधिकार दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री ओलीको राजीनामा मागे पनि माओवादी केन्द्रले हालसम्म समर्थन भने जारी राखेको छ। माओवादीको समर्थनकै आधारमा प्रधानमन्त्री ओलीले बहुमत प्राप्त गरिरहेका छन्। प्रतिनिधिससभामा एमालेको १२१ सिट छ भने माओवादी केन्द्रको ४९ सिट छ। बहुमतका लागि १३६ सिट आवश्यक पर्छ। माओवादी केन्द्रले समर्थन फिर्ता लिए ओली सरकार अल्पमतमा पर्छ। तर ओली सरकारको विकल्प खोज्ने भन्दै अन्य विपक्षी दलहरुसँग घनिभुत छलफल चलाइरहेको माओवादी आफूले भने समर्थन दिइरहेको छ।

जारी स्थायी कमिटी बैठकबाट समर्थन फिर्ता लिने निर्णय हुने अनुमान गरिए पनि माओवादीले अझै सो निर्णय गरेन।

प्रतिक्रिया