२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

जर्मनीमा नेपाली युवा विक्रम शर्माको निधन, बिहीबार अन्त्येष्टि

48246 Shares
Spread the love

जर्मनी। जर्मनीको ह्यामवर्गमा निधन भएका नेपाली युवक विक्रम शर्मा ज्ञवालीको बिहीबार दाहसंस्कार गरिने भएको छ। एक नेपाली रेष्टुरेन्टमा कुकको रुपमा काम गर्ने शर्माको अप्रील ११ गते आफ्नै फ्ल्याटमा निधन भएको हो। चिकित्सकहरुका अनुसार शर्मालाई हृदयघात भएको थियो।

४१ बर्षिय शर्मा दुई वर्ष पहिले परिवारसहित इटालीबाट जर्मनी आएका थिए। आफन्त रमा लामिछानेका अनुसार, काम सकेर घर आएपछि फुटबल म्याच हेरेर सुतेका उनी भोलिपल्ट विहानै ओछ्यानमै अचेत अवस्थामा फेला परेपछि तत्काल चिकित्सकको टोली आएर परिक्षण गर्दा मृत्यु भैसकेको बताएका थिए।

प्रहरी र चिकित्सकको टोलीले शव परिक्षण गर्दा पोष्टमार्टम गर्नुनपर्ने र मृत्यूको कारण हृदयघात नै भएको बताएका छन्। नेपालस्थित रुपन्देहीको वुटवल घर भएका शर्माका आमा, ३६ बर्षिय श्रीमती र अठार वर्षीय एक छोरा छन्। नेपालबाट आमाले जर्मनीमै दाहसंस्कार गर्न अनुमति दिएकाले हिन्दु परम्परा अनुसार २२ अप्रील बिहीबार उनको अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन्।

प्रतिक्रिया