लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा रोजिना प्रधान राईले उम्मेदवारी दिने भएकी छन् ।
उनी वर्तमान कार्यसमितिका महिला उपाध्यक्ष तथा संघसंस्था समन्वय विभाग प्रमुख हुन् ।
रोजीहिरा फाउण्डेशनकी संस्थापक अध्यक्ष राईले आफ्नो फाउण्डेशनमार्फत धेरै परोपकारी कार्य गरेकी छन् । कोभिड १९ महामारीपछि बेलायती विश्वविद्यालयमा पढ्न आएका नेपाली विद्यार्थी नराम्री प्रभावित भए । कतिलाई खाना, बस्न समेत समस्या भएपछि रोजिनाले एनआरएनए यूकेका तर्फबाट संयोजनकारी भूमिका निर्वाह गरि ति पीडित विद्यार्थीलाई राहत वितरण र आफैंले गास बास प्रवन्ध समेत गरिदिएको उनले बताइन् ।
कोभिड संकटका बेला दुईसय भन्दा बढी विद्यार्थीलाई सहयोग गरेको राई बताउंछिन् । कोभिड कालमा चार जना विधार्थीलाई आफ्नै घरमा राखेर रेखदेख गरिन् । दुस्ख पाएका विधार्थीलाई अहिले पनि काउन्सिलिङ गरिरहेको उनले बताइन् । प्रत्येक ६(६ महिनामा रक्तदान गर्ने उनी ब्लाइन्ड रक्समार्फत दृष्टिविहीनहरुलाई पनि सहयोग गरिरहेकी छन् ।