1480
Shares
लण्डन । पोर्चुगलमा ट्राभल्स र रेमिट्यान्सको व्यवसाय चलाउँदै आएका एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजंग कुँवरले शुक्रबार स्थानीय प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।
नेपाली लगायतलाई नक्कली टिकट बेचेर ठगी गरेको आरोपमा उनको लक्ष्मी ट्राभल्सको कार्यालयमा प्रहरीले केही दिन अगाडि छापा समेत हानेको थियो।
स्वदेश फर्किन लागेका श्रमिकको अनुमानित २ करोड ठगी गरेको आरोप उनीमाथि छ भने उनको ठगी प्रकरण पर्दाफास भएपछि फरार रहँदै आएका थिए। उनी एनआरएनए पोर्चुगलका निलम्बित कोषाध्यक्ष समेत हुन्।