२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएन यूकेको अध्यक्षमा सुनिल खड्काको उम्मेदवारी दिने

1070 Shares
Spread the love

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका वर्तमान कार्यसमितिका उपाध्यक्ष तथा च्यारिटी विभागका प्रमुख सुनिल खड्काले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

बेलायतमा विगत १० वर्ष देखी क्याटरिङ्ग व्यवसायमा सकृय खड्का प्रोपर्टी व्यवसायमा समेत संलग्न छन् ।

खड्काले संघको जुलाईमा हुने महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिन लागेको पुष्टि गर्दै नेपालसंसार डट कमलाई भने ‘संस्थाको उपाध्यक्ष भएर आफ्नो जिम्मेवारी पुरा गरेको महशुस गरेको छु । आफ्नो अनुभव र शुभेच्छुकहरु आग्रहमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’

नेपालमा समेत क्याटरिङ्ग क्षेत्रमा सक्रिय उद्यमी खड्काको च्यारिटी र एनआरएनए अभियानमा लामो समयदेखिको निरन्तर आवद्धता छ ।

खड्काले कोरोना संक्रमित बिरामीलाई बचाउन अग्रपंक्तिमा खटिएका डाक्टर, नर्ससहित प्रहरी र अन्य क्षेत्रका कामदारलाई हजारौको संख्यामा निशुल्क खाना खुवाएर चर्चा बटुलेका थिए ।

प्रतिक्रिया