२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

वर्तमान सरकारको विकल्प खोज्नेबारे कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा

852 Shares
Spread the love

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसभित्र कुनै विवाद नभएको बताएका छन्।

नेपाली कांग्रेस तथा नेविसंघ लमजुङ-काठमाडौं सम्पर्क समितिले आज यहाँ आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले वर्तमान सरकारको विकल्प खोज्नेबारे कांग्रेसभित्र कुनै विवाद नभएको बताएका हुन्।

‘कांग्रेसभित्र वर्तमान सरकारको विकल्प खोज्नेबारे सबै नेताहरूको एकमत रहेको छ, कांग्रेस सरकारको नेतृत्वमा निर्वाचनमा जानेबारे पार्टीभित्र एउटै धारणा छ’, उनले भने।

बाहिर सञ्चारमाध्यममा आएजस्तो कांग्रेसभित्र कुनै विवाद नभएको उनको भनाइ छ।

कांग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहेका प्रवक्ता शर्माले नेपाली कांग्रेस राजनीति दलमात्र नभएर समाजको प्रतिनिधित्व भएको बताउँदै कांग्रेसले मात्र मुलुकलाई सही बाटोमा लैजाने बताए।

कांग्रेसको छवि बदलेर सङ्गठनात्मक स्वरूप बदल्नुपर्ने प्रवक्ता शर्माको भनाइ छ।

उनले कांग्रेसभित्र सबैले आफ्नो जिम्मेवारीलाई सही ढंगले निभाउन सकेमात्र कांग्रेस रूपान्तरण हुने बताए।

प्रतिक्रिया