२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

कोरोनाविरुद्ध मिलेर लड्न नेपाल-भारतबीच छलफल

2610 Shares
Spread the love

काठमाडौं । नेपाल र भारतबीच कोरोना (कोभिड–१९) विरुद्ध मिलेर लड्ने विषयमा छलफल भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच शुक्रबार सो विषयमा टेलिफोन संवाद भएको हो ।

संवादका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले खोप आपूर्ति सुचारु गर्न भारत सरकारलाई आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरले नेपाललाई यथाशक्य छिटो खोप आपूर्ति सुचारु गर्ने र महामारी विरुद्धको लडाइमा निरन्तर सहयोग जारी राख्ने प्रतिवद्धता जनाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाको दोस्रो लहर दुबै मुलुकमा बढेर स्वास्थ्य जोखिम बढेको बेला दुई मुलुकबीच छलफल भएको हो ।

प्रतिक्रिया