२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

साइकलयात्रा मार्फत नेपालका बालबालिका तथा वृद्धवृद्धालाई बेलायतबाट लगभग ६ लाख सहयोग

1247 Shares
Spread the love

लण्डन । बेलायतमा साइकल यात्रा गरि ‘वुल्वीच आर्सनल राइडर (वार)ले नेपालका बालबालिका तथा वृद्धवृद्धालाई लगभग ६ लाख रुपैयां जुटाएका छन् ।

गैर आवासीय नेपाली संघ यूके, हेल्प नेपाल नेटवर्क तथा नेपाली युथ एशोसिएसनको सहकार्यमा गैरआवासीय नेपाली संघ यूके, राज्य समन्वय परिषद इंग्ल्याण्डले नेपालमा टुहुरा बालबालिका तथा वृद्धाश्रमको सहयोगार्थ संकलन गरेको रकम भर्चुअल’ कार्यक्रम गरि हस्तान्तरण गरिएको छ ।

हेल्प नेपाल नेटवर्कद्वारा धुलिखेलमा सञ्चालित बालगृहलाई ४ लाख रुपैयां र बुद्ध फाउण्डेशन यूकेद्वारा कपिलवस्तुमा निर्माणाधिन बुद्ध वृद्धाश्रमका लागि एकलाख ९२ हजार रुपैयां सहयोग गरेको हो ।

कार्यक्रमकी प्रमुख अतिथी एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले रकम हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा हेल्प नेपाल नेटवर्कका नेपाल संयोजक अरुण बस्नेत र बुद्ध फाउण्डेशन नेपालका अध्यक्ष रविराज ज्ञवालीले सहयोग रकम ग्रहण गरे । रकम ग्रहणपछि बस्नेतले हेल्प नेपाल र यसका गतिवधिबारे अपडेट गराएका थिए भने रविराजले वृद्धाश्रमको ८० प्रतिशत काम सकिएको बताउंदै केही रकम अझै अपुग रहेको बताए । उनीहरु दुवैले सहयोगका लागि धन्यवाद दिएका छन् ।

कोभिडका कारण पटक पटक स्थगित हुंदै आएको साइकल राइड आउंदो अप्रिल १७ मा हुने तय छ । एनआरएनए इंग्ल्याण्ड राज्य परिषदको आयोजना रहने राइड वुल्वीच आर्सनल राइडर्स (वार) क्लबको सहभागितामा हुन लागेको हो ।

नेपाली लिङ्क

प्रतिक्रिया