२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

नेपाली कांग्रेसको १५ औं महाधिवेशन दुई दिन पछि सर्‍याे, असोज १८ गते खुलामञ्चमा उद्घाटन हुने

0 Shares
Spread the love

काठमाडौं। नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन समारोह दुई दिन पछाडि सरेको छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार अब महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते दिउँसो २:०० बजे काठमाडौंको खुलामञ्चमा हुनेछ।

नेपाली कांग्रेस १५ औं महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशनहरू सम्पन्न भई हाल प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू भइरहेका छन्।

यसै बीचमा देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको जानकारी केन्द्रीय निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिहरूबाट प्राप्त भएको छ।

सोही परिस्थितिलाई मध्यनजर गर्दै १५ औँ महाधिवेशनको उद्घाटन समारोह २०८३ असोज १८ गते दिउँसो २:०० बजे खुलामञ्चमा गर्ने गरी तय गरिएको विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया