२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल पक्ष जाने

1255 Shares
Spread the love

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकमा नेपाल पक्षका सांसदहरु पनि सहभागी हुने भएका छन् । यसअघि बालुवाटारमा आयोजना गरेको कुनै कार्यक्रममा नजाने भनेको नेपाल पक्षले शुक्रबारको दलको बैठकमा जाने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बालुवाटारमा संसदीय दलको बैठक बोलाउनु भएको छ ।बैठकमा जाने विषयमा यसअघि पनि छलफल भएकोले जाने निर्णय भएको नेपाल पक्षका सांसदहरुले बताएका छन् ।

‘यस अघि पनि संसदीय दलको बैठकमा जाने विषयमा छलफल भएको हो’, एक सांसदले भने, ‘बैठक बालुवाटारमा नगरेर सिंहदरबारस्थित संसदीय दलको कार्यायलमा गरेको भए हुने भन्ने हाम्रो भनाइ हो ।’

यसअघि बालुवाटारमा भएको अन्य बैठकमा भने नेपाल पक्ष सहभागी भएको थिएन । नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको बैठक पनि आज बस्दैछ । कलंकीस्थित मेगा पार्टी प्यालेसमा नेपाल पक्षकाे बैठक बस्न लागेकाे हाे । साे बैठकपछि नेताहरु माधव नेपाल र झलनाथ खनाल पनि संसदीय दलको बैठकमा बस्ने कि नबस्ने टुंगो लाग्ने नेता योगेश भट्टराइले जानकारी दिनुभयो ।

प्रतिक्रिया