२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

प्रधानमन्त्री ओली र जसपा नेताहरुबीच बालुवाटारमा छलफल

623 Shares
Spread the love

काठमाडौं । सत्ता साझेदारीको तयारीमा रहेका जसपा नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन्। जसपा नेताहरु महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, सवेन्द्रनाथ शुक्ल बालुवाटार पुगेको स्रोतले जनाएको छ। प्रधानमन्त्री ओली र जसपा नेताहरुबीच जसपाको मागका विषयमा छलफल भइरहेको छ।

प्रधानमन्त्री ओली जसपाको माग सम्वोधन गर्न सकारात्मक भएपछि जसपाले सरकारसँग वार्ता गर्न कार्यदल गठन गरेको थियो। यसअघि विभिन्न चरणमा कार्यदल स्तरमा छलफल भइसकेको छ। आज भने प्रधानमन्त्री ओली र जसपा नेताहरुबीच जसपाको मागको विषयमा छलफल भइरहेको छ।

जसपाले आफ्ना माग पूरा भए सरकारलाई सथर्मन गर्न सकिने बताउँदै आएको छ। तर सरकारलाई समर्थन गर्ने विषयमा जसपाभित्र विवाद छ। उपेन्द्र यादव र डा बाबुराम भट्टराई ओली सरकारसँग सहकार्य गर्न नहुने पक्षमा छन्।

प्रतिक्रिया