लण्डन । बेलायत स्थित नेपाली समुदायका अब्बल समाजसेवी राजकुमार (आर.के.) त्रिपाठी नेपाली कांग्रेस पार्टीको अन्तराष्ट्रिय सम्बन्ध तथा बिदेश निती बिज्ञमा मनोनित भएका छन् ।
पार्टी उपसभापति विमलेन्द्र निधीले त्रिपाठीलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोेधन सहित) को धारा ३६(१) बमोजिम गोजा शर्पा संयोजक रहेको अन्तराष्ट्रिय सम्बन्ध तथा बिदेश निती प्रतिष्ठानको बिज्ञमा मनोनित गरेका हुन् ।
यस अगाबै आर के त्रिपाठीलाई नेपाली कांग्रेस सभापती शेर बहादुर देउवाले निर्माण विभाग सदस्यमा नियुक्त गरेका थिए। त्रिपाठी बेलायतमा बस्ने नेपाली डायस्पोराका बौद्धिक व्यक्तित्व मानिन्छन ।
बिदेशमा बसोबास गरेका नेपाली कांग्रेस कार्यकर्तालाई अन्तराष्ट्रिय संबन्ध तथा बिदेश निति संबन्धी बिज्ञको रुपमा पहिलो पटक नियुक्त गरेको हो।
त्रिपाठीले नेपाली कांग्रेस पार्टी र नेतृत्वलाई विशेष धन्यवाद दिंदै आफ्नो योग्यता र अनुभवले भ्याएसम्म नेपाली कांग्रेस पार्टीको संगठन मजबुद गर्न र नेपाली कांग्रेस पार्टीको विदेश नितीको बारेका सदैब सल्लाह प्रदान गर्ने बताए ।
