२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

ओलीसँगको ४८ वर्षको माया प्रिती छ, हामी छुट्टिदैनौं : नेपाल

1118 Shares
Spread the love

काठमाडौं। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहसँग टािढएर समानान्तर गतिविधि गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु ओलीसँग छुट्टिने पक्षमा नरहेको बताएका छन्। आफू निकट युवा संघको भेलालाई शनिबार सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूहरुसँगै जाने पक्षमा रहेको बताएका छन्।

उनले भनेका छन्, ‘केपी ओलीसँगको मेरो मायाप्रिती ४८, ४९ वर्षको भइसक्यो थाहा छ।’ उनले यति लामो मायाप्रिती एकरातमा नछुट्नेसमेत बताए।

सत्तारुढ दल एमालेमा अहिले माधव समूह र ओली समूह एकअर्काप्रति आक्रामक र समानान्तर गतिविधिमा सक्रिय हुँदा पार्टी विभाजनतर्फ गइरहेको विश्लेषण भइरहेका बेला वरिष्ठ नेता नेपालले नछुट्टिने बताएका हुन्।

वरिष्ठ नेता नेपालले युवा संघको कार्यक्रममा सँगै जाने भाष्ण गर्दैगर्दा उता बालुवाटारमा बसेको ओलीले बोलाएको संसदीय दलको बैठकले भने वरिष्ठ नेता नेपाललगायत सो समूहका नेताहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढएको छ। सो बैठकले राष्ट्रिय भेला आयोजना गर्ने नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको तिब्र आलोचनासमेत गरेका थिए।

प्रतिक्रिया