२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

सर्वोच्चले पार्टी फुटाइदिएपछि टाउकामा ड्याम्म हानेको जस्तो भाछ– अध्यक्ष दाहाल

1138 Shares
Spread the love

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतले पार्टी फुटाइदिएर आफूहरूलाई टाउकामा हानेको जस्तो भएको बताउनुभएको छ ।

बुधबार सिन्धुलीको नेता तथा कार्यकर्तासँगको संक्षिप्त अन्तर्क्रियामा दाहालले प्रतिनिधिसभा पुनःस्थापना भएपछि जितियो भनेर रिल्याक्स गरेर बसेको बेला फागुन २३ गतेको फैसलाले टाउकोमा ड्याम्मै हानेको जस्तो भएको बताउनुभएको हो ।

‘सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि ठूलो लडाईं जितियो भनेर रिल्याक्स गरेको अवस्थामा फेरि अदालतले पार्टी फुटाएर पहिलाकै अवस्थामा ल्याइदियो,’ उहाँले भन्नुभयो, ‘हामीलाई फेरि एकपटक टाउकोमा ड्याम्म हानेको जस्तो भाछ ।’

अध्यक्ष दाहालले अहिलेको अवस्थालाई जनयुद्धसँग पनि जोड्नुभयो । ‘पहिला जनयुद्धमा एउटा मोर्चा जित्यो भने साथीहरु खुसी भएर नाचगान गर्दै हिँडेको बेला दुस्मनले घेरा हालेर फेरि नराम्रो क्षति हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘हारेपछि फेरि राम्ररी सोचेपछि फेरि जितिन्थ्यो ।’

अध्यक्ष दाहालले नेकपा हुँदा पार्टीभित्रै संघर्ष गरेर आफूले केपी ओलीको बुर्जुवा हेडक्वाटरमा १९ पेज लामो दस्तावेजको बम हानेको बताउनुभयो । उक्त बम हानेपछि लडाईं सुरु भएको बताउँदै उहाँले अहिले महामारी चलिरहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले १९ पृष्ठ लामो दस्तावेजको बम हानेको थिएँ, उन(केपी) ले जनप्रतिनिधिको संस्थामाथि नै बम हाने ।’

फरक प्रसङ्गमा अध्यक्ष दाहालले नेकपा एमालेभित्र माधवकुमार नेपाल समूहलाई अलि धेरै सकस परेको टिप्पणी गर्नुभयो । ‘एमालेमा माधवजीहरू आउलान् भन्ने केपीजीलाई रैछन,’ उहाँले भन्नभुयो, ‘अदालतले फुटाइदिएपछि पनि यिनीहरु (माधव पक्ष) आउँदैनन्, मैले आफ्नो गुट बनाएर लैजान पाउँछु भनेको माधवजीहरु गइदिएपछि त्यहाँ खैलाबैला परेछ ।’

प्रतिक्रिया