२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

कम्युनिष्टविरुद्ध लड्नुपर्ने बेला भयो– सभापति देउवा

18436 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला भएको बताउनुभएको छ ।

शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेकाले प्रजातन्त्रलाई स्थायी बनाउन कम्युनिष्टविरुद्ध लड्नुपर्ने बेला भएको बताउनुभयो ।

कम्युनिष्टहरू प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने तर्क गर्नुभयो ।

प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीलाई प्रजातान्त्रिक संस्कार नभएको आरोप लगाउनुभएको छ । झुटा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरूलाई बहकाएर ओली सत्तामा बसिरहन खोजेको आरोप लगाउँदै उहाँले कांग्रेसले प्रजातन्त्रलाई स्थायी बनाउनुपर्ने बेला आएको बताउनुभयो ।

कार्यक्रममा सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताउनुभयो । नेपाली कांग्रेसले लोभ र हतार गर्नु नहुने भन्दै उहाँले परिस्थिति आइप¥यो भने जिम्मेबारीबाट नभाग्ने पनि स्पष्ट पार्नुभयो । नेपाली कांग्रेस पार्टी भित्र महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको उहाँको दावी छ । महिलाहरूलाई पार्टीमा आकर्षित नगराए पार्टीको जित नहुने देउवाको भनाइ छ।

प्रतिक्रिया