२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

आत्मालाेचना गरे पार्टीमा सम्मानजनक स्थान दिन सकिन्छ : मुख्यमन्त्री राई

1221 Shares
Spread the love

काठमाडौं। प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई डिसी नेपालको स्टुडियोमा आएका छन्। बुधबार डिसी नेपालसँग अन्तर्वाता दिन मुख्यमन्त्री राई डिसी नेपालकाे स्टुडियाेमा आएका हुन्।

अन्तवार्ताका क्रममा राईले प्रदेश १ सरकारमाथिको अविश्वासको प्रस्ताव अवैधानिक भएकाले सफल नहुने दाबी गरेका छन्। नेकपाको विवादका कारण सबैभन्दा बढी आफू र वाग्मती प्रदेश सरकारलाई संकट रहेको स्वीकार गर्दै अब उक्त संकट टरेको उल्लेख गरेका छन्।

उनले भने, ‘हामी जन निर्वाचित मान्छे हो। खास गरी प्रदेश १ र वाग्मती प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव ल्याएर हारेका व्यक्तिहरुलाई मुख्यमन्त्री बनाउने चलखेल अब सकिएको छ। यो अबैधानिक थियो। असफल हुनु नै थियो भयो। ’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई घेराबन्दीमा पारेर काम गर्न नदिएको मुख्यमन्त्री राईले उल्लेख गरे। उनले भने, ‘बन्द कोठामा भागबण्डा खोजीनु, अध्यारो कोठाबाट खालि कागजमा हस्ताक्षर गराएर अविश्वासको प्रस्तावको तयारी गर्नु। र खासगरी आफ्नै पार्टी भित्रबाट काम गर्ने वातावरण समेत नबनाएका कारण प्रतिनिधिसभाको विघटन गर्न बाध्य हुनु भयो।’

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि माधव नेपाल र झलनाथ खनाल समास्यामा परहेका छन्। मुख्यमन्त्री राईले माधव नेपालसमूह सच्चिएर आएपछिमात्र पार्टीमा सोच्न सकिने बताए। उनले भने, ‘सच्चिएर आउनु पर्छ। अनिमात्र सोच्न सकिन्छ। फेरि पनि एमालेमा आएर माओवादीसँग मिलौ भन्ने कुरा सम्भव हुँदैन।’ मुख्यमन्त्री राईसँगकाे अन्तर्वार्ता आज साँझ सात बजे डिसी नेपालकाे फेसबुक पेज र यूट्युवमा हेर्न सकिने छ।

प्रतिक्रिया