२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

प्रधानमन्त्रीलाई ४ पटक पार्टी सदस्यबाट हटाउने अपराधीको मुहार झलझली आउँछः थापा

944 Shares
Spread the love

काठमाडौं । प्रधानमन्त्री प्रेस सल्लाहाकार सुर्य थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको बताउनु भएको छ ।

‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ’, थापाले मंगलबार ट्विटरमा लेख्नु भएको छ ।

थापाको ट्विट वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाललगायत नेताहरुप्रति लक्षित छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद विघटन गरेपछि नेकपा विभाजित भएको थियो ।

केपी ओली समूह र दाहाल-नेपाल समूहले छुट्टाछुट्टै आधिकारिकताको दावी गरेका थिए । आधिकारिकताको दावी गर्दा दाहाल-नेपाल समूहले प्रधानमन्त्री ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको थियो ।

आइतबार सर्वोच्च अदालतले नेकपा पार्टी खारेज गरेपछि एमाले र एकिकृत माओवादी बिउँतिएका छन् । दुवै पार्टी क्रियाशील हुने भएपछि नेपाललगायत नेताहरु एमालेमै फर्कने भएका छन् । त्यसैलाई लक्षित गर्दै थापाको ट्विट मंगलबार आएको हो ।

दुई तिहाइको जनादेश पाएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउनेहरुको नैतिक हर्कत बिर्सन नमिल्ने थापाले बताउनु भएको छ ।

थापाले भन्नुभयो, ‘दुई तिहाइको जनादेश पाएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउने यिनको अनैतिक हर्कत बिर्सन मिल्दैन ।’

नेकपा एकतापछि दुई तिहाइको ओली सरकार नेताहरुबीच भएको द्वन्द्वका कारण विभाजित भएको थियो । त्यसको परिणामा ओलीले संसद विघटनसम्म गर्नुपरेको थियो ।

प्रतिक्रिया