२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया- हामी मान्छौं

614 Shares
Spread the love

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकीकरणसम्बन्धी सर्वोच्च अदालतको फैसला आफूले मान्ने बताएका छन्।

संसद भवन बानेश्वरबाट बाहिरिने बेलामा आइतबार दिउँसो पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले अदालतको फैसला मान्ने बताएका हुन्।

अब तपाईं नेकपा एमालेलाई नै ब्युँताउनु हुन्छ? भन्ने प्रश्नमा उनले भने- फैसलाको पूर्ण पाठ हेर्न बाँकी छ।

यसअघि आजै सर्वोच्च अदालतले ऋषि कट्टेलले हालेको मुद्दाको सुनुवाइ गर्दै नेकपा पार्टी उनलाई दिएको छ भने तत्कालीन (एमाले) र माओवादी (केन्द्र)बीचको एकतालाई खारेज गरिदिएको छ ।

प्रतिक्रिया