२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

अफ्रिकी व्यवसायी डा.रुपारेलिया द्वारा सुदूरपश्चिम मोबाइल ब्लड बैंक परियोजनालाई सहयोग

3535 Shares
Spread the love

लेगोस, नाइजेरिया (जीएनएन) : गैरआवासीय नेपाली संघको दोश्रो मोबाइल ब्लड बैंक बस परियोजनाका लागि अफ्रिकाका प्रख्यात उद्योगपति डा. सुधीर रुपारेलियाले रु दुई लाख पचास हजार बराबर सहयोग गरेका छन्।

एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापाका अनुसार युगान्डाका उद्योगपति डाक्टर रुपारेलिया पूर्वी अफ्रिकाकै सबैभन्दा धनी व्यक्ति हुन् भने युगान्डाका लागि नेपालको मानार्थ वाणिज्यदूत पनि । “नेपाल र नेपालीलाई  असाध्यै माया गर्ने रुपारेलियाले अफ्रिकाका नेपालीलाई अप्ठ्यारो पर्दा सधैं सहयोगको हात बढाउने गरेका छन्,” थापाले भने।

कर छुट सहित करिब ६१ लाख खरिद मूल्य पर्ने उक्त मोबाइल ब्लड बैंक बस परियोजनाका लागि हाल एनआरएनएले संसारभरबाट सहयोग जुटाइ रहेको छ । एनआरएनहरु, सहयोगी दाताहरु तथा डायस्पोरामा रहेका सुदूर पश्चिमवासीहरु यस अभियानमा  क्रियाशील छन् । हालसम्म बीस लाख भन्दा बढीको सहयोग प्रतिबद्धता जुटी सकेको र सहयोग संकलन अभियान जारी रहेको थापाले जनाए   ।

एनआरएनएले रक्त संकलनमा सहयोग पुर्याउने लक्ष्यसाथ यस अघि चितवन रेडक्रसलाई मोबाइल ब्लड बैंक बस हस्तान्तरण गरिसकेको छ भने दोश्रो बस सुदूर पश्चिम प्रदेशका लागि कैलाली रेडक्रस, धनगढीलाई हस्तान्तरण गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया